०३ साउन २०८३, आइतबार

तिब्बतीहरूलाई भौतिक शिक्षादीक्षामा जोड दिँदै चीन

कात्तिक १४, २०७७
तिब्बतीहरूलाई भौतिक शिक्षादीक्षामा जोड दिँदै चीन

चीनले तिब्बतीहरूको सोच तथा मूल्यमान्यतामा परिवर्तन ल्याएर उनीहरूलाई देशको मूलधारतर्फ ल्याउनका लागि जोड दिइरहेको छ । 

तिब्बतका कट्टर बौद्धहरूलाई धर्ममा कम, भौतिक समृद्धिमा बढी जोड दिन उसले आग्रह गरिरहेको छ । 

‘तिब्बतका केही बानीहरू खराब छन् । जीवनमा खुशी खोज्ने भन्दा पनि मरेपछि जीवन खोज्ने सोचमा जोड दिने धर्मको नकारात्मक प्रभाव यसका लागि जिम्मेवार छ,’ तिब्बत स्वायत्त क्षेत्रका अध्यक्ष चे धलाले भने । 

चीनले केही विदेशी पत्रकारहरूलाई तिब्बतको भ्रमणमा लगेको थियो । त्यसक्रममा अधिकारीहरूले गरीबी निवारणमा गरिएका प्रयासहरू देखाएका थिए । परिवारहरूलाई थप राम्रो घरमा सार्ने, विद्यालय बनाउने, व्यावसायिक तालिम दिने र च्याउखेती लगायतका व्यापारिक विकासका कार्यक्रम यसमा पर्छन् । 

यस वर्षको अन्त्यसम्ममा देशका ग्रामीण क्षेत्रमा गरीबी निर्मूल गर्ने चीनको योजना छ । 

अधिकारीहरूले यी प्रयासहरू तिब्बतीको मस्तिष्क व्यवस्थापन गर्नका लागि समेत गरिएको बताए । शताब्दियौंदेखि तिब्बतीहरू कट्टर धार्मिक समाजमा बसिरहेका छन् । उनीहरू पुनर्जन्ममा विश्वास गर्छन् र आफ्ना आध्यात्मिक नेताप्रति भक्तिभाव राख्छन् । 
 

काइकुताङ गाउँका प्रमुख देक्यी पाल्द्रोनले गरीब परिवारलाई सरकारले सित्तैमा नयाँ घरहरू दिलाएको र त्यसमा बुद्धको प्रार्थना गर्ने छुट्टै कोठा बनाउन नहुने बताए । नास्तिक कम्युनिस्ट पार्टीबाट फाइदा लिएर बुद्धको पूजा गर्नु दोहोरो चरित्र हुने उनको भनाइ छ । 

सन् १९५० मा चिनियाँ सैनिकहरू तिब्बत प्रवेश गरेर कब्जा जमाएका हुन् । बेइजिङले यसलाई शान्तिपूर्ण मुक्ति भन्ने गरेको छ । 

चीनविरुद्ध विद्रोह विफल भएपछि आध्यात्मिक नेता दलाई लामा सन् १९५९ मा तिब्बतबाट निर्वासित भएका थिए । लामो समयसम्म गरीबीको मारमा परेको तिब्बत राजनीतिक रूपमा चीनको सबभन्दा संवेदनशील र नियन्त्रित क्षेत्र हो । 

सरकारी सहयोग पाएका स्थानीय बासिन्दाहरूलाई धर्ममा पैसा खर्च रोक लगाइएको छ र त्यसको साटो आफू र आफ्ना लागि पैसा कमाउने हिसाबमा लगानी गर्न प्रोत्साहन गरिएको छ । 
 

निङ्चीमा रहेको एक व्यावसायिक विद्यालयमा एउटा साइनबोर्ड छ जसमा विद्यालयले पृथक्तावादविरुद्ध दलाई लामाको भर्त्सना र मानिसहरूलाई निष्क्रिय बनाउनबाट धर्मलाई रोक्ने विचारधारात्मक तथा राजनीतिक शिक्षा दिने गरेको भनी लेखिएको छ । 
 

तिब्बतीहरूको घरमा दलाई लामाका तस्वीरहरू प्रदर्शन गरिन्थे भने पत्रकारहरूलाई देखाइएका सबै घरमा राष्ट्रपति सी चिनफिङका पोस्टरहरू देखिन्छन् । 

चीन तथा कम्युनिस्ट पार्टीप्रति बफादारिताको आग्रह गरिएका प्रोपागान्डा नाराहरू तिब्बतका होर्डिङ बोर्डहरूमा देखिन्छ । 

रोयटर्सबाट

salt training

कमेन्ट गर्नुहोस्