
कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढेसँगै विश्व स्वास्थ्य संगठन लगायतले मास्क अनिवार्य प्रयोग गर्न तथा साबुन पानीले मिचिमिची २० सेकेन्डसम्म हात हुन अपिल गर्दै आइरहेका छन् ।
विश्वका अधिकांश मुलुकमा अहिले मास्क अनिवार्य जस्तै भएको छ ।
यसैबीचमा भारतमा एक अनौठो खबर छ ।
भारतको मुम्बईको बृहन्मुम्बई महानगरपालिकामा मास्क नलगाउने मानिसले अचम्मको सजाय पाउँछन् ।
त्यहाँ अब कोही बिना मास्क सडकमा आएमा उसले सडकमा झाडु लगाउनु पर्नेछ । साथै २ सय रुपैयाँ जरिवाना समेत उसले तिर्नुपर्नेछ ।
मुम्बईमा एपेडमिक एक्ट लागू भएपश्चात मास्क अनिवार्य गरिएको हो ।