१० असार २०८३, बुधबार

विद्यालयमै पठनपाठन गर्न तम्सिए स्थानीय सरकार, मंसिर ३ गतेदेखि कक्षा सञ्चालन

कात्तिक १५, २०७७
विद्यालयमै पठनपाठन गर्न तम्सिए स्थानीय सरकार, मंसिर ३ गतेदेखि कक्षा सञ्चालन
प्रतिकात्मक तस्वीर

तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालयमा मंसिर ३ गतेदेखि औपचारिकरूपमा कक्षा सञ्चालन हुने भएका छन् ।

नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शनिवार बसेको व्यासनगर शिक्षा समितिको बैठकले कक्षा सञ्चालनबारे निर्णय गरेको हो ।

बैठकले मंसिर २ गतेसम्म भने वैकल्पिक विधिमार्फत मात्रै पढाइ सञ्चालन गर्न दिइने निर्णय गरेको छ । कोभिड–१९ को प्रभाव र विद्यालय सञ्चालन सम्बन्धमा समीक्षा गरी सो निर्णय भएको व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखा कार्यक्रम अधिकृत सन्तोष गोदारले जानकारी दिए । 

हाल मौसमी परिवर्तनका कारणले समुदायमा रुघाखोकीको प्रकोप देखिएको र विद्यामान मौसमी संक्रमणको कारणले कोभिड–१९ विस्तारित हुनसक्ने विज्ञहरूको राय रहेकाले सो निर्णय गरिएको उनले बताए । अभिभावकलाई आ–आफ्नो बालबालिकालाई विद्यालयमा पठाउँदा स्वास्थ्य संवेदनशीतालाई ध्यानमा राखी स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

कक्षा ११ सञ्चालन भएका विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरी पूर्व निर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । बैठकमा उपप्रमुख, शिक्षा समितिका सदस्य, सामुदायिक तथा निजी विद्यालयका पेशागत एवं संगठनका प्रतिनिधि, स्थानीय विद्यालय, कलेजका प्रतिनिधिको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्