२३ असार २०८३, मंगलबार

निस्किएन नेकपा विवादको निकास : प्रचण्डले राखे ओलीसामु असन्तुष्टिको पोको

कात्तिक १५, २०७७
निस्किएन नेकपा विवादको निकास : प्रचण्डले राखे ओलीसामु असन्तुष्टिको पोको

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जारी विवादबारे अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भए पनि ठोस निकास निस्किएन ।

लामो समयपछि भएको भेटमा प्रचण्डले ओलीसामु आफ्ना असन्तुष्टि राखेका बालुवाटार स्रोतले जनाएको छ । 

प्रचण्डले राजदूत सिफारिस र मन्त्रिपरिषद् पुनर्गठनमा एकलौटी गरेको तथा कर्णाली विवाद, पर्सा हत्याकाण्ड र रअ प्रमुखसँगको भेटमा ओलीको भूमिका विवादास्पद रहेकोबारे असन्तुष्टि राखेका थिए ।

भेटमा प्रचण्डले विवादास्पद विषयमा पार्टी बैठकमा छलफल गरेर निर्णय लिनुपर्ने भएकाले सचिवालय बैठक बोलाउन माग गरेका स्रोतले जनाएको छ । अध्यक्षद्वयबीच भएको छलफलले आन्तरिक विवाद समाधानमा कुनै निकास दिन नसकेको स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्