२२ जेठ २०८३, शुक्रबार

बाख्रा चराउन गएकी महिलाको भीरबाट लडेर मृत्यु

कात्तिक १५, २०७७
बाख्रा चराउन गएकी महिलाको भीरबाट लडेर मृत्यु

डोटीको दिपायलसिलगढी नगरपालिका–७ पाँकरीमा १ महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।

पाँकरीका छत्र भण्डारीकी २८ वर्षीया पत्नी शारदा कठायत भण्डारी बाख्रा चराउने क्रममा भीरबाट खसेर मृत्यु भएको वडाध्यक्ष कर्ण विष्टले जानकारी दिए ।

दिउँसो बाख्रा चराउन गएकी शारदा स्थानीय नाउटेपानी खोलामा भीरबाट खसेर मृत अवस्थामा भेटिएकी हुन् । वनबाट बाख्रा घर आए पनि शारदा घर नआएपछि खोजी गर्दा १०० मिटर माथिबाट खोलामा खसेको अवस्थामा शव भेटिएको वडाध्यक्ष विष्टले बताए ।

salt training

कमेन्ट गर्नुहोस्