
कोरोनाकालमा ३३ देशबाट झण्डै १ लाख २७ हजार नेपाली स्वदेश फर्किएका छन् । स्वदेश फर्किनेमा सबैभन्दा धेरै खाडी मुलुकबाट रहेका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार शनिबारसम्म १ लाख २६ हजार ९८९ नेपाली स्वदेश फर्किएका छन् ।
केन्द्रले विदेशबाट आउनेको तथ्यांक संकलन तथा आवश्यक सहजीकरण गर्दै आएको छ ।

