०५ साउन २०८३, मंगलबार

सर्वाधिक कोरोना संक्रमित यी १५ देश, कुन देशमा कति संक्रमित ?

कात्तिक १५, २०७७
सर्वाधिक कोरोना संक्रमित यी १५ देश, कुन देशमा कति संक्रमित ?

कोरोना संक्रमितका हिसावले हालसम्म अमेरिका पहिलो नम्बरमा रहेको छ । अमेरिकामा हालसम्म संक्रमितको संख्या ९३ लाख २३ हजारको हाराहारीमा रहेको छ । यसैगरी अमेरिकामा पछि भारतमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । भारतमा हालसम्म संक्रमितको संख्या ८१ लाख ४३ हजारको हाराहारीमा हुँदा तेस्रो स्थानमा रहेको ब्राजिलमा ५५ लाख १९ हजारको हाराहारीमा संक्रमित रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । 

यसैगरी रसियामा १६ लाख १८ हजार, फ्रान्समा १३ लाख ३१ हजार, स्पेनमा १२ लाख ६४ हजार, अर्जेन्टीनामा ११ लाख ५७ हजार, कोलोम्बियामा १० लाख ६३ हजार, युकेमा ९ लाख ८९ हजार, मेक्सिकोमा ९ लाख १८ हजार, पेरुमा ९ लाख, साउथ अफ्रिकामा ७ लाख २३ हजार, इटालीमा ६ लाख ४७ हजार, इरानमा ६ लाख १२ हजार र जर्मनीमा ५ लाख १७ हजारको हाराहारीमा संक्रमित रहेको पनि समाचारमा जनाइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्