
चलचित्र उद्योगमा कलाकार हुन आउनेहरुको कमी छैन । कलाकार भएर यसै क्षेत्रलाई भविष्य सोच्नेहरुको संख्या पनि राम्रै छ ।
कलाकार भएर रंगीन दुनियाँमा टिक्न नसकेपछि पलायन हुनेहरुको संख्या पनि धेरै नै छ । कलाकारिता छोड्न पनि नसक्ने, टिक्न पनि गाह्रो हुनेहरुको संख्या पनि राम्रै छ यहाँ, सन्ध्या केसी यो क्याटोगरीमा पर्छिन् ।
अनमोल केसी स्टारर चलचित्र ‘ड्रिम्स’बाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री केसी उक्त चलचित्रमा पनि खासै नोटिसमा परिनन् । चलचित्रको सबै क्रेटिड साम्राज्ञीले हात पारिन् ।
साम्राज्ञीले सोही चलचित्रबाट चलचित्र यात्रा थालिन्, अहिले एकछत्र राज गरिरहेकी छिन् । सोही चलचित्रबाट यात्रा थालेकी सन्ध्या त्यसपछि केहि चलचित्रमा त काम गरिन् तर खासै उपलब्धी हात पार्न सकेकी छैनन् ।
ड्रिम्सपछि सन्ध्याले ‘कमलेको बिहे’मा काम गरिन् । तर, यो चलचित्र छायांकनपछि प्रोडक्सनबाट बाहिर निस्कन सकेन । चलचित्रका निर्देशक प्रशन्न पौडेल अमेरिका पलायन भइसकेका छन्, उक्त चलचित्र छायांकनपछि त उनी मिडिया र सामाजिक संजालमा समेत खासै एक्टिभ भएका छैनन् ।
ह्याप्पी न्यू ईयर, पण्डित बाजेको लौरी लगायतका चलचित्र पनि सन्ध्याले काम नगरेको कहाँ होर ? तर, काम गरेको र नगरेको दर्शकले पत्तै पाएनन् ।
हलमा लागेको दिन नै दर्शक नआएपछि हलबाट अर्को दिन चलचित्र उत्रियो । शहरका विभिन्न गल्लीमा पोस्टर टाँसियो, दर्शकले हेरेको चलचित्रमा उनको लुक्स यहिँ हो । पण्डित बाजेको लौरीको प्रदर्शनका लागि भन्दै सन्ध्या अमेरिका भ्रमण गरिन्, उनका लागि यत्ति हो फाइदा ।
एकपछि अर्को चलचित्र फ्लप हुँदै गएपछि सन्ध्याको चलचित्र यात्रा निराशाजनक हुँदै गएको छ । चलचित्र उद्योगमा आजभोली सन्ध्याको चर्चा कम हुँदै गएको छ । चलचित्र बजारमा के हल्ला हुने गरेको छ भने, सन्ध्यालाई लिएर के हुन्छ ? न चलचित्र चल्छ न उनको फेस हेरेर दर्शक हलमा आउँछन् ।
दिनरात फेसबुक र इन्स्टामा विभिन्न पोजमा तस्वीर राख्नेबाहेक उनको खासै काम देखिएको छैन । असफल भएर के भो ? फेरी प्रयास गरे हुने नि ।
राम्रा–राम्रा स्क्रिप्ट पढ्ने, अभिनयमा मिहेनत गर्ने र आफु्लाई थप परिमार्जित गरेर चलचित्र उद्योगमा आए के हुन्छ ? सन्ध्यालाई फेसबुक र इन्स्टामा रमाउँदैमा फुर्सद छैन भने त कसले के नै भन्न सक्छ र ?