×

NMB BANK
NIC ASIA

अभिनेत्री स्वेता खड्काले बिहे गर्न लागेको खबरले यतिबेला फिल्मी जगत निकै तातेको छ ।

Muktinath Bank

केही दिनयता स्वेताको बिहेबारे खबर गसिपका रूपमा चर्चामा आएको हो । अहिले यो विषयले थप प्राथमिकता पाउँदै गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस विषयले चलचित्र उद्योग तरंगित बनेको छ ।


Advertisment
Nabil box
Kumari

दशैंको टीका लगाएका बेला एक युवकसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि स्वेताको बिहेबारे खबर एकाएक भाइरल हुन पुगेको हो ।

Vianet communication

दशैंका बेला सार्वजनिक तस्वीर कसको हो ?

लोकान्तरलाई प्राप्त उक्त तस्वीर धनगढीका विजयेन्द्र रावतको हो । उनका बुबाको फेसबूक आईडी  स्नेहाल्ता रावतको प्रोफाइलमा राखिएको तस्वीरमा देखिएकी महिना विजयेन्द्रकी आमा हुन् ।

उनको तस्वीर स्वेताले २३ अप्रिलमा आमाको मुख हेर्ने दिन आफ्नो फेसबूकमा शेयर गर्दै लेखेकी छिन्, ‘ह्याप्पी मदर्स डे टु माइ डियर मदर्स’ ।

जन्म दिने आमा, स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी आमा र विजयेन्द्रकी आमाको तस्वीर स्वेताले किन आफ्नो सामाजिक सञ्जालमा शेयर गरिन् ? यसले पनि स्वेता यी युवकसँग प्रेममा छिन् भन्ने संकेत गर्छ ।

विजयेन्द्र भगत मेटल सञ्चालकका छोरा हुन् । बुझिएअनुसार विजयेन्द्रभन्दा स्वेता धेरै जेठी छिन् ।

के भन्छिन् स्वेता ?

अभिनेत्री स्वेताले भने अहिले फैलिएको हल्ला गलत भएको प्रतिक्रिया दिएकी छन् ।

हल्ला अनुसार स्वेताको बिहे यही मंसिर ५ मा हुने भनिएको छ । तर, स्वेताले आफू बिजनेश, माझी बस्ती र केही चलचित्रको काममा व्यस्त रहेकाले अहिले बिहे गर्ने मूडमा नरहेको बताइन् ।

उनले आफू अहिलेसम्म प्रेममा नरहेको र मनले खाएको प्रेमी समेत नपाएको बताएकी छिन् ।

केही समयअघि श्रीकृष्ण श्रेष्ठकी आमा अर्थात स्वेताकी सासूआमा र परिवारका अन्य सदस्यले बिहे गर्ने स्वीकृति दिएको भिडियो सार्वजनिक भएको थियो ।

हल्लाबारे जिज्ञासा राख्दा स्वेताले भनिन्, 'बिहे भयो भने शुरूमा तपाईंलाई भनौंला । अहिले म सिंगल छु ।’

अभिनेता श्रीकृष्ण श्रेष्ठसँग २०७१ असार २३ गते स्वेताको विवाह भएको थियो । बिहेको एक महिना नपुग्दै श्रेष्ठको उपचारका क्रममा साउन २५ गते भारतमा निधन भएको थियो ।

त्यतिबेला उनीहरू अभिनित चलचित्र ‘कोहिनुर’ हलमा प्रदर्शन भइरहेको थियो । उक्त चलचित्र त्यो बेला नेपाली चलचित्रका सम्पूर्ण चलचित्रको इतिहास तोड्दै सर्वाधिक व्यापार गर्न सफल भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x