
अमेरिकाको राष्ट्रपति निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
अहिलेसम्मको घोषित परिणाम र रुझानहरू हेर्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले फराकिलो अग्रता लिइरहेको देखिन्छ ।
बाइडनले १९२ इलेक्टोरल भोट जितेको/रुझान रहेको अवस्थामा ट्रम्प ११४ भोटमा साथ निकै पछि छन् ।
विजयी हुनका लागि उम्मेदवारले २७२ इलेक्टोरल भोट ल्याउनुपर्ने हुन्छ ।
महत्त्वपूर्ण राज्यहरूको भोट आउन बाँकी नै रहेकाले को विजयी होला भनिहाल्न सकिने अवस्था छैन ।