
अमेरिकाको राष्ट्रपति निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ ।
पछिल्लो परिणाम/रुझान अनुसार, डेमोक्रेटिक पार्टीका जो बाइडनले २२३ इलेक्टोरल मत हासिल गरेका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले चाहिँ १७४ भोट पाएका छन् ।
लोकप्रिय मतको कुरा गर्दा बाइडनले ६ करोड २९ लाख १० हजार ३६४ मत पाएका छन् भने ट्रम्पले ६ करोड १३ लाख ३८ हजार ७६४ मत पाएका छन् ।
महत्त्वपूर्ण राज्यहरूको मतपरिणाम आउन बाँकी नै रहेकाले अहिले नै को विजयी बन्ला भन्न गाह्रो छ ।