
फक्स न्युजले नेब्रास्का राज्यको सेकेन्ड कंग्रेसनल डिस्ट्रिक्टको एक्लो इलेक्टोरल भोट जो बाइडनले जित्ने भनी प्रक्षेपण गरेको छ ।
सीएनएनले पनि उक्त भोट बाइडनले जित्ने प्रक्षेपण गरेको छ ।
बाइडनले त्यो भोट जितेमा समग्र निर्वाचनमै जीतको ढोका खुल्नेछ । पेन्सिल्भेनिया हारे भने पनि उनलाई फरक पर्ने छैन ।
नेब्रास्काका बाँकी चार इलेक्टोरल भोट चाहिँ ट्रम्पले जित्ने प्रक्षेपण गरिएको छ ।