
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार बिहान पत्रकार सम्मेलन आयोजना गर्दै विपक्षी डेमोक्रेटहरूले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् ।
आफ्ना समर्थकहरूलाई भोट दिन डेमोक्रेटहरूले रोकेको भनी ट्रम्पले आरोप लगाए ।
‘हामी यसलाई सहँदैनौं,’ उनले भने ।
फ्लोरिडा र टेक्ससमा जीत हासिल गरेकोमा ट्रम्प निकै दंग परे ।
‘
जर्जिया पनि हामीले जितेको स्पष्ट छ,’ ट्रम्पले ह्वाइट हाउसमा बताए । ‘उनीहरूले हामीलाई भेट्न सक्दैनन् ।’
तर जर्जियाको अन्तिम मतपरिणाम आइसकेको छैन ।
पेन्सिल्भेनिया पनि आफूले जित्ने ट्रम्पले बताएका छन् । त्यहाँ मतगणना जारी छ ।
‘
हामी भारी बहुमतका साथ पेन्सिल्भेनिया जित्दैछौं,’ ट्रम्पले भने ।
यस महत्त्वपूर्ण स्विङ स्टेटमा कसले जित्दैछ भनी अहिलेसम्म स्पष्ट भइसकेको छैन ।