२५ असार २०८३, बिहीबार

नेपाल–भारत सीमा अन्तर्गत त्रिवेणी नाका बन्द

कात्तिक २०, २०७४
नेपाल–भारत सीमा अन्तर्गत त्रिवेणी नाका बन्द

नवलपरासी, २९ वैशाख– स्थानीय तहको निर्वाचनका लागि सुरक्षा दिन नवलपरासीमा पनि नेपाल–भारत सीमा अन्तर्गत त्रिवेणी नाका बन्द गरिने भएको छ ।

निर्वाचन सुरु हुन भन्दा २४ घन्टाअघि यहाँकोे त्रिवेणी नाका शनिबार बिहान– ९ बजेबाट बन्द हुुने प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए ।

दुई देशका सुरक्षा निकायका प्रमुखको भारतको बिहारमा भएको सुरक्षा निकायको बैठकपछि सो सहमति भएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रानाकाअनुसार बैठकमा त्रिवेणी नाकामा ४८ घन्टा अघिबाट सीमा क्षेत्रमा जाँचमा कडाइ गर्ने २४ घन्टा नाका बन्द गर्ने सहमति भएको हो ।

पहिलो चरणमा नवलपरासीको प्रदेश नं– ४ मात्र निर्वाचन हुँदैछ । तसर्थ प्रदेश न– ४ मा पर्ने नाका त्रिवेणी नाकालाई मात्र शिल गर्ने तयारी गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्