३२ असार २०८३, बिहीबार

आईस्पानका अध्यक्षमा पराजुली सर्वसम्मत

कात्तिक २०, २०७७
आईस्पानका अध्यक्षमा पराजुली सर्वसम्मत

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) मा सुधिर पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

सुबिसु केबल नेटका सह-संस्थापक एवं अध्यक्ष रहेका पराजुली सर्वसम्मत रूपले अध्यक्षमा चयन भएका हुन् ।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा प्रमेश खरेल रहेका छन् भने महासचिवमा नवीनकुमार श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै आईस्पानको नयाँ समितिमा कमलप्रसाद बास्तोला सचिव र पुष्करसिंह बडाल कोषाध्यक्ष पदमा चयन भएका छन् ।

त्यस्तै संस्थाकाे वरिष्ठ सल्लाहकारमा विजय जलान, विनय बोहरा, विनयमोहन साउद रहेका छन् भने सदस्यमा विनोद तिमल्सिना र सुरेन क्षेत्री चयन भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्