२३ असार २०८३, मंगलबार

ट्रम्प र बाइडेनको भविष्य फैसला हुन किन भयो ढिलाइ ?

कात्तिक २०, २०७७
ट्रम्प र बाइडेनको भविष्य फैसला हुन किन भयो ढिलाइ ?

सर्वाधिक चासोका रुपमा रहेको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ । 

जारी मतगणनामा राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पारेका छन् । 

द एसोसिएट्स् प्रेसले सार्वजनिक गरेको पछिल्लो मत अपडेट अनुसार डेमोक्र्याटिक्स पार्टीका बाइडेनले २ सय ६४ इलेक्ट्रोरल मत पाएका छन् । 

यसैगरी वर्तमान राष्ट्रपति ट्रम्पले हालसम्म २ सय १४ इलेक्ट्रोरल भोट पाएका छन् । 

निर्वाचित हुनका लागि कुल ५ सय ३८ मतमध्ये २ सय ७० इलेक्ट्रोरल मत आवश्यक हुन्छ । हालसम्म बाइडेन जीतको बाटोमा देखिएका छन् । 

 किन भयो ढिलाइ ?

यो मात्र कोरोनाभाइरसका कारण भइरहेको छ । ६८ प्रतिशत भोटर्सले अर्ली–भोटिङ गरे । अर्थात इलेक्सन डे भन्दा पहिले नै । अमेरिकाका केही राज्यमा इलेक्सन डे भन्दा पहिले नै मत खसाल्न पाइने व्यवस्था छ । यसमा नतदातालाई हुलाकमार्फत मतपत्र खसाल्ने अनुमति समेत छ ।

हुलाकमार्फत खसालिएको मत गन्न समय लाग्छ किनभने मतदाताको ठेगाना र हस्ताक्षर एकिन गर्न आवश्यक हुन्छ । काउन्टिङ मेसिनमा हाल्नु पहिले मतदान बाकसको आवश्यक चकजाँच समेत गर्नुपर्ने हुन्छ ।  यस्तै केही राज्यहरुले ३ नोभेम्बरअघि नै भेरिफिकेसन प्रक्रिया सुरु गरेका थिए । निर्वाचन समाप्त हुनभन्दा पहिल्यै मतगणना सुरु हुन सकोस् भनेर त्यसो गरिएको थियो ।  तर केही राज्यले यस्तो गरेनन् ।

यस पटकको निर्वाचनमा ट्रम्पले फ्लोरिडा, ओहियो र टेक्सासमा जित हासिल गरेका छन् तर एरिजोना बाइडेनको पोल्टामा पर्यो । यदि डेमोक्रेटिङ उम्मेदवारले मिशिगन र विसकांसिन्स जितेको खण्डमा जर्जिया र पेनसिल्वेनिया  गुमाएपछि ट्रम्पको भन्दा दुई इलेक्टोरल कलेज भोट हुनेछ ।

उल्लेखित राज्यमा अहिलेसम्म लाखौ मतगणना हुन सकेको छैन । कोरोनाको त्रासकै कारण धेरैजसो डेमोक्रेटिक मतदाताले हुलाकमार्फत मतदान गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्