२५ जेठ २०८३, सोमबार

छोप्यो निर्वाचनले : ३ हजार १ सय थप सवारी बाहिरीए

कात्तिक २०, २०७४
छोप्यो निर्वाचनले : ३ हजार १ सय थप सवारी बाहिरीए

काठमाडौं, २९ वैशाख –आइतवार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता औषत ५ हजारका दरले मानिसहरूले उपत्यका छाडेका छन् ।

एक सातामामात्रै २३ हजारभन्दा बढी अतिरिक्त सवारीले काठमाडौं छाडेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार २१ गतेदेखि २८ गतेसम्म ३ हजार १ सय ४८ अतिरिक्त सवारीले उपत्यका छाडेका छन् ।

२१ गते ३ सय ६३, २२ गते ४ सय ९८, २३ गते ८७, २४ गते २ सय ३७, २५ गते ७ सय ६८, २६ गते ३ सय १७, २७ गते ४ सय ५५ र २८ गते ४ सय ८३ थप सवारीले उपत्यका छाडेका छन् ।

२० गतेसम्म काठमाडौं भित्रिने र बाहिरीनेको संख्यामा खासै अन्तर नदेखिए पनि त्यसपछि भने उपत्यका भित्रिने भन्दा बाहिरीनेको संख्यामा व्यापक अन्तर देखिएको छ । शुक्रवार र शनिवार ठूलो संख्यामा मानिस बाहिरीने महाशाखाको अनुमान छ ।

यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले काठमाडौंबाट बाहिरीने यात्रुको संख्या साविकको भन्दा एक तिहाईभन्दा बढी देखिएको जनाएको छ । ‘सामान्य अवस्थामा भन्दा ३० प्रतिशत अतिरिक्त यात्रु थपिएका छन्,’ महासंघका अध्यक्ष डोलनाथ खनालले लोकान्तरसँग भने । सवारी व्यवस्थापनमा खासै कठिनाई नदेखिएको उनले बताए ।

महासंघका अनुसार चुनावको समयमा ठूला तथा सार्वजनिक सवारीभन्दा साना तथा आरामदायी सवारीको माग बढेको छ । विभिन्न राजनीतिक दल र उम्मेदवारहरुले मतदातको सुविधाका लागि भन्दै सवारीसाधनहरु रिजर्भ गरेका छन् ।

सरकारले आइतवार मुलुकका ३ प्रदेशमा स्थानीय तहको निर्वाचन गर्दैछ । प्रदेश नं. ३, ४ र ६ मा सरकारले पहिलो चरणको निर्वाचन गर्दैछ । यी ३ तहमा गरेर करीव ५० लाख मतदाताले चुनावमा भाग लिने निर्वाचन आयोगको अनुमान छ ।

निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । शुक्रवारदेखि मौन अवधि पनि सुरु भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्