१० असार २०८३, बुधबार

धनगढीमा कोरोना संक्रमित १ पुरुषको मृत्यु

कात्तिक २०, २०७७
धनगढीमा कोरोना संक्रमित १ पुरुषको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोरोना अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ का ९२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

कडा खालको निमोनिया भएर कात्तिक १७ गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा बिहीवार बिहान ५ः३७ बजे उनको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्