
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले अमेरिकाको राष्ट्रपति निर्वाचनको मजाक उडाएका छन् ।
टीभीमार्फत सम्बोधन गर्दै उनले भने, ‘उनीहरूको हालत हेर्न लायक छ ।’
‘बहालवाला राष्ट्रपतिले चुनाव गराउने हो, उनी नै यो अमेरिकी इतिहासको सबभन्दा धेरै धाँधली भएको चुनाव हो भन्छन् । कसले भन्या नि फेरि ? बहालवाला राष्ट्रपति जो आफैं निर्वाचनको व्यवस्था मिलाउँछन् ।’
‘अनि उनका प्रतिद्वन्द्वी चाहिँ ट्रम्पले छलछाम गर्न खोजेको बताउँछन् । यस्तो त छ अमेरिकी लोकतन्त्र ।’