१९ असार २०८३, शुक्रबार

अध्ययन भन्छन्ः महिला–पुरुषमा घट्यो यस्तो रुची

कात्तिक २०, २०७४
अध्ययन भन्छन्ः महिला–पुरुषमा घट्यो यस्तो रुची
याैनका लागि वर्तमान समय मानव इतिहासको सवैभन्दा स्वतन्त्र समय भन्न सकिन्छ । विगत चार दशकको प्रविधिले यौनलाई उन्मुक्तता दिएको छ ।

चाहे त्यो गर्भनिरोधक औषधि हो या फेरि ग्रिडंर तथा टिंडर डेटिङ एप किन नहुन् । यी सवैले यौन सम्बन्धलाई नयाँ उचाइमा पु-याएका छन् ।

यति मात्र होइन सामाजिक मान्यताका विरुद्ध समलैङ्गितकता, पारपाचुके, विवाह पूर्वको यौन सम्बन्ध, तथा एक साथ कयौंसँगको यौन सम्बन्ध जस्ता चलनलाई अव धेरै मात्रामा स्विकार गरिदैआइएको छ ।
यसका बाबजुदपनि एक अध्ययनका अनुसार पछिल्लो दशकको तुलनामा विश्वकमा कम मानिस यौन सम्पर्क गर्छन् ।

मार्चमा अमेरिकी अनुसन्धानकर्ता जीन त्वेंगे, रायन शेरमान तथा ब्रुक वेल्सको एक शोध अध्ययन आर्काइव्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित भएको थियो । जसका अनुसार १९९० को दशकको तुलनामा २०१०को दशकमा मानिस हरेक साल नौ पटक कम सेक्स गरिरहेका छन् । आकडा अनुसार यसमा १५ प्रतिशतले कमी देखिएको हो ।


१९९० को दशकमा हरेक साल मानिस ६२ पटक सेक्स गर्थे जो २०१०को दशकमा घटेर वार्षिक ५३ पटकमा आएको छ । यो गिरावट सवै धर्म, सवै नस्ल, सवै क्षेत्र, शिक्षित तथा अशिक्षित सवैमा देखिएको बीबीसीले जनाएको छ ।
सन् २०१३ मा नेशनल सर्वे अफ सेक्शुअल एण्ड लाइफस्टाइलका अनुसार १६ देखि ४४ वर्षका मानिसले हरेक महिना पाँच पटक भन्दा कम सेक्स गर्न थालेका थिए ।

२००० को तुलनामा यो कम थियो । जतिवेला महिनामा पुरुष ६.२ पटक सेक्स गर्थे भने महिला ६.३ पटक ।
२०१४ मा अस्ट्रेलियाई नेशनल सर्वे अफ सेक्शुअल एक्टिभिटिका अनुसार प्रति हप्ता मानिस १.४ पटक यौनसम्बन्ध राख्थे जबकी १० वर्ष यो औसत १.८ पटक थियो ।

यो स्थिति जापानमा अझ भयावह देखिएको छ । अध्ययनका अनुसार १६ देखि २५ वर्षको उमेरमा ४६ प्रतिशत महिला ता २५ प्रतिशत पुरुष यौन सम्बधलाई घृणा गर्छन् ।


के हो कारण ?


यसको सामान्य कारणमा प्रविधिको बढ्दो प्रयोगका रुपमा लिन सकिन्छ । खासगरेर अनलाइन प्रोनोग्राफी र सामाजिक सञ्जालको बढ्दो प्रयोग यसका कारण हुन् ।

अनलाईन प्रोनोग्राफीको बढ्दो प्रयोगका कारण कयौं मानिसमा सेक्स एडिक्शन जस्तो विरामी देखिएको छ । यदी तपाई यस्तो विरामी हुनभयो भने पोर्नले वास्तविक यौन सम्बन्धको स्थान लिन्छ ।

अनुसन्धानकर्ताहरुका अनुसार पोर्न हेर्ने मानिसमा यौन सम्बन्ध बनाउ रुची घट्छ ।

salt training

कमेन्ट गर्नुहोस्