२९ असार २०८३, सोमबार

उडिरहेको विमानमै कोभिड लागेकी महिलाको मृत्यु, अन्य यात्रुलाई दिइएन खबर

कात्तिक २०, २०७७
उडिरहेको विमानमै कोभिड लागेकी महिलाको मृत्यु, अन्य यात्रुलाई दिइएन खबर

अमेरिकाको स्पिरिट एयरलाइन्सको विमानमा एक महिला गत जुलाई महिनामा कोरोनाभाइरसका कारण मरेको तर अन्य यात्रुहरूलाई उनको मृत्युको कारण नखोलिएको अहिले आएर पत्ता लागेको छ । 

ती ३८ वर्षीया महिलालाई दमको रोग थियो । उनी लास भेगासबाट डाल्लासतिर जाँदै गर्दा विमानमा सास फेर्न गाह्रो परेको थियो । 

उनी कोरोनाभाइरस पोजिटिभ रहेको कुरा अन्य यात्रुहरूलाई बताइएन । 

उडान नम्बर २०८ मककरान अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलुका ७ः२२ मा उडेको थियो । 

विमान उडेको केही बेरमै उनलाई सास लिन गाह्रो परेको थियो । उनीसँग त्यतिखेर इन्हेलर वा अक्सिजन सप्लिमेन्ट समेत थिएन । 

विमानकी एक कर्मचारीले ती यात्रुलाई मुख जोडेर श्वास दिने सीपीआर दिएकी थिइन् तर लामो समयसम्म सीपीआर दिँदा उनी आफैं बेहोश भइन् । 

त्यसपछि विमानलाई न्यु मेक्सिकोको याल्बकर्कीतिर लगिएको थियो । त्यहाँको विमानस्थलमा स्वास्थ्यकर्मीहरू उपस्थित थिए । 

उनलाई बचाउनका लागि कैयौं मिनेटसम्म कोशिश गरिएको थियो तर पछि घटनास्थलमै उनको मृत्युको घोषणा गरियो । 
 

अनुसन्धानकर्मीहरूले घटनाको दुई दिनपछि उनलाई मृत्युको समयमा कोरोनाभाइरस रहेको थाहा पाए तर कुनै पनि यात्रुलाई यसको जानकारी दिइएन । 
 

डाल्लास काउन्टीले अक्टोबर १८ मा कोरोना मृत्युको संख्या सार्वजनिक गर्दा बल्ल ती महिलाको मृत्यु कुन परिस्थितिमा भएको भन्ने खुलासा भयो । 

salt training

कमेन्ट गर्नुहोस्