१० साउन २०८३, आइतबार

प्रचण्ड–नेपालले वकिलहरू भेटेपछि बालुवाटार सशंकित

कात्तिक २०, २०७७
प्रचण्ड–नेपालले वकिलहरू भेटेपछि बालुवाटार सशंकित

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक संघर्ष चुलिएको बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा वकिलहरूसँग परामर्श गरे।
 
नेताहरूले पेरिसडाँडामा नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायतका केही कानून व्यवसायीहरूसँग परामर्श गरेका हुन् ।

प्रधानमन्त्रीनिकट नेताहरूले पार्टीभित्र अन्तरसंघर्ष बढेका बेला एउटा पक्षले कानून व्यवसायीहरूसँग छलफल र अन्तरक्रिया गर्नु सन्देहास्पद रहेको टिप्पणी गरेका छन् । 

‘यतिबेला कानून व्यवसायीहरूसँग छलफल गर्नुको अर्थ के हुन सक्छ, आफैं कुरा बुझ्नुस् न,’ बालुवाटारनिकट एक नेताले लोकान्तरसँग भने । उनको आशय पार्टीभित्र बढिरहेको अन्तरसंघर्ष र अब चाल्न सकिने कानूनी बाटोका बारेमा प्रचण्ड–नेपाल समूहले वकिलहरूसँग छलफल गरेको रहेको थियो ।

तर छलफलमा पार्टीभित्रको अन्तरसंघर्षका बारेमा कुनै कुरा नभएको प्रवक्ता श्रेष्ठले लोकान्तरलाई बताए । ‘पार्टीको अन्तरसंघर्षका बारेमा कुनै कुरा भएको छैन,’ प्रवक्ता श्रेष्ठले भने, ‘बार एसोसियसनको काम, न्यायपालिकासम्बन्धी विषय र न्यायपरिषद्को भूमिकाका विषयमा छलफल भएको हो ।’

salt training

कमेन्ट गर्नुहोस्