०५ असार २०८३, शुक्रबार

कर्णालीमा १ हजार ५३२ जनाले गरे शुल्क तिरेर कोरोना परीक्षण

कात्तिक २०, २०७७
कर्णालीमा १ हजार ५३२ जनाले गरे शुल्क तिरेर कोरोना परीक्षण
प्रतिकात्मक तस्वीर

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको परीक्षण निःशुल्क गर्ने निर्णय गरेपनि शुल्क तिरेर परीक्षण गर्ने गरेको पाइएको छ ।

प्रदेशका विभिन्न प्रयोगशालामा सरकारले तोकेको न्यूनतम शुल्क २ हजार तिरेर १ हजार ५३२ जनाले पीसीआर परीक्षण गराएका पाइएको हो । 

प्रदेश अस्पताल सुर्खेतमा १ हजार ४०६, दैलेख अस्पतालमा ८८ र रुकुम पश्चिमको चौरजहारी अस्पतालमा ३८ जनाले सशुल्क पीसीआर परीक्षण गरेका छन् । सशुल्क परीक्षण गरेपनि अस्पतालले उपचार खर्चमा भने कुनै शुल्क लिएका छैनन् ।

प्रदेश अस्पतालका कोरोना स्रोतव्यक्ति डा. नवराज केसीले लक्षण देखिएका र कन्ट्याक्ट टे«सिङमा परेकाहरूको निःशुल्क परीक्षण गरिरहेको बताए । लक्षण नदेखिएका एवं परीक्षण गरेर आफै ढुक्क हुन चाहनेहरूले शुल्क तिर्ने गरेको उनको भनाइ छ । 

कर्णालीमा प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल, चौरजहारी सामुदायिक अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पीसीआर परीक्षण हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्