०७ असार २०८३, आइतबार

श्रीमान‍्को हत्या आरोपमा पक्राउ

कात्तिक २०, २०७७
श्रीमान‍्को हत्या आरोपमा  पक्राउ

प्रहरीले श्रीमान‍्को हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई आफ्नै श्रीमती ४३ वर्षीया ईश्वरीलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

 बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकामा प्रहार गरी हत्या गरिएको मृतकका बुवाले प्रहरीलाई जानकारी दिएपछि आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घरयासी झगडा भइरहने र ईश्वरीबाट कुनै सन्तान नभएपछि जग्गा बेचेर पसल गर्ने विषयमा विवाद भएपछि  हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।  आरोपित महिलालाई पक्राउ गरेर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्