१२ असार २०८३, शुक्रबार

मृत्यु भइसकेका व्यक्तिले जिते अमेरिकामा चुनाव

कात्तिक २०, २०७७
मृत्यु भइसकेका व्यक्तिले जिते अमेरिकामा चुनाव

अमेरिकाको नर्थ डकोटामा व्यापारी तथा र्‍यान्चर डेभिड आन्दाल कोभिडका कारण अक्टोबर ५ मै बितेका थिए तर त्यसको एक महिनापछि भएको चुनावमा उनी विजयी भएका छन् । तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा उनी विजयी भएका हुन् ।

रिपब्लिकन पार्टीका उम्मेदवार आन्दालले नर्थ डकोटाको एट्थ डिस्ट्रिक्ट जितेका हुन् । उनले कुल मतको ३५.५३ प्रतिशत पाएको अनौपचारिक जानकारी प्राप्त भएको छ । त्यहाँको अर्कोे सीटमा रिपब्लिकन पार्टीकै डेभ नेहरिङले जित्ने अनुमान गरिएको छ ।
 
आन्दालको मृत्यु अक्टोबरमा हुँदा उनले चुनाव जिते के हुनेछ भनी प्रश्न उठेको थियो । त्यहाँका महान्यायाधिवक्ताले यस परिस्थितिलाई राजीनामा दिएको वा सेवानिवृत्त भएको भने जस्तो गरी लिइने राय जाहेर गरेका थिए । यसको अर्थ हुन्छ, रिपब्लिकन पार्टीले उनको सीटमा आफ्नो प्रतिनिधि नियुक्त गर्न पाउँछ ।

salt training

कमेन्ट गर्नुहोस्