०७ असार २०८३, आइतबार

दुर्घटनामा एकको मृत्यु, एक घाइते

कात्तिक २०, २०७४
दुर्घटनामा एकको मृत्यु, एक घाइते

हुम्ला, २९ वैशाख –सिमीकोट–चिसामूल हुँदै लाङ्नाबाट ढुङ्गा बोकेर आएको ट्र्याक्टर सदरमुकाम सिमीकोट ल्याउने क्रममा बिहीबार साँझ भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

कामको खोजीमा हुम्ला आउँदै गरेका बाजुरा गोत्री वडा नं ३ बस्ने ३२ वर्षीय जगत परियारको मृत्यु भएको छ भने सोही वडा बस्ने घाइते प्रेम दमैको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।

प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कमलप्रसाद नेपालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्