२३ जेठ २०८३, शनिबार

निर्वाचनको दिन साझा बस पनि नचल्ने

कात्तिक २०, २०७४
निर्वाचनको दिन साझा बस पनि नचल्ने

काठमाडौँ, २९ वैशाख – स्थानीय तह निर्वाचनका दिन वैशाख ३१ गते आइतबार साझा यातायात बन्द हुने भएको छ ।

दल विशेषले बन्द गरेका बेला यातायात सञ्चालन गरी यात्रुलाई सुविधा दिँदै आएको साझाले चुनाव सफल पार्ने निर्वाचन आयोगको अभियानमा सहयोग गर्न सेवा बन्द गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

२०७० वैशाख १ गतेदेखि पुनः यातायात सेवा सुरु गरेको साझाले संविधानसभाको दोस्रो निर्वाचन २०७० साल मङ्सिर ४ गतेपछि पहिलोपटक वैशाख ३१ मा सेवा बन्द गर्न लागेको हो । २०७० सालमा १६ बसबाट सेवा सुरु गरेको साझाले २०७३ मङ्सिर १२ गते काठमाडौँ महानगरपालिकाको सहयोगमा ३० बस थपेको थियो ।

उपत्यका बाहिर लामो दूरीमा चलाउन १२ बस थप्ने प्रक्रिया सुरु भएको प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्