३० जेठ २०८३, शनिबार

त्रिविमा विद्यार्थी संख्या ह्वात्तै घट्यो, यस्ता रहेछन् कारण

कात्तिक २०, २०७४
त्रिविमा विद्यार्थी संख्या ह्वात्तै घट्यो, यस्ता रहेछन् कारण

काठमाडौं, १० पुस- त्रिभुवन विश्वविद्यालयमा केही वर्षयता विद्यार्थी संख्या ह्वात्तै घटेको छ । विभिन्न तहका प्राध्यापक संख्या भने क्रमशः बढेको छ । विद्यार्थी घटेपछि प्राध्यापकको भारसमेत कम हुँदै गएको आजको नयाँ पत्रिकामा खबर छ |tu-logo

त्रिविमा विद्यार्थी घट्नुका तीन कारण

१. अहिले विद्यार्थी धेरै स्कोप भएका विषय अध्ययन गर्न खोजिरहेका छन् । त्रिविका आंगिक क्याम्पसमा मात्र होइन अवसर प्राप्त हुने विषय अध्ययनका लागि अरू क्याम्पस र विश्वविद्यालयमा पनि गएका छन् । तर, त्रिविका अध्यापन हुने प्राविधिक विषयमा आवेदन दिनेको संख्या वृद्धि भइरहेको छ ।
२. विदेशमा पढ्न जाने विद्यार्थीको संख्या पनि बढिरहेको छ । कतिपय विद्यार्थी पढाइ छाडेर कामका लागि पनि हिँडेका छन् ।
३. त्रिविले कतिपय विषयमा समयसापेक्ष कोर्स परिमार्जन गर्न सकेको छैन, त्यसले पनि विद्यार्थीको आकर्षण घटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्