१७ असार २०८३, बुधबार

ओली–प्रचण्डको विवादले जिल्लामा तनाव

कात्तिक २३, २०७७
ओली–प्रचण्डको विवादले जिल्लामा तनाव

विभाजन हुने पटक—पटकका चर्चामाँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा विवाद झनै बल्झँदो छ । यही बीचमा पाँचथरका जिल्लास्तरीय नेताहरु गाउँ–गाउँ पुगेर कार्यकर्तालाई पार्टी नफुट्ने कुरामा आश्वस्त पार्न व्यस्त छन् ।
केन्द्रमा ओली–प्रचण्डलगायतको विवादले कार्यकर्तामा निराशा पैदा हुन नदिन जिल्लामा केन्द्रीय सदस्यदेखि प्रदेश र जिल्लाका विभिन्न तहका नेता कार्यकर्तामाँझ ‘यस्ता विवाद बेला बखत आइरहने भए पनि विभाजनको तहमा नपुग्ने’ भनेर कार्यकर्तालाई सम्झाउँदै छन् ।

आज जिल्लाको याङवरक गाउँपालिका वडा नं ३ वडा कमिटीले आयोजना गरेको शुभकामना आदान—प्रदान कार्यक्रममा पुगेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीले विवाद हुँदैमा पार्टी नफुट्ने भनेर कार्यकर्तालाई सम्झाए ।  फिदिमबाट ओयाम पुग्नुअघि भण्डारीसहितको टोलीलाई हिलिहाङ र याङवरकका कार्यकर्ता वीच बाटोमै भेटेर पार्टी फुट्ला कि नफुट्ला भन्ने प्रश्न गरे ।

जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका नेकपाका जिल्ला सचिवालय सदस्य विष्णुप्रसाद सापकोटा ठूलो आशा र अपेक्षा गरेका कार्यकर्तामा ठूलो चासो र चिन्ता देखिनु सामान्य भएको बताउँछन् ।

पछिल्ला केही दिनमा करिब आधा दर्जन वडाका कार्यकर्तालाई भेटेका नेकपाका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले आम कार्यकर्ता पार्टी विभाजनको विपक्षमा रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्