काठमाड, २९ बैशाख– एमाले केन्द्रीय सल्लाहकार परिषदका सभापति केशव बडाललाई हृदयघात भएको छ ।
पूर्वमन्त्री तथा सांसदसमेत रहेका बडाललाई शुक्रबार घरमै बसिरहेको बेला हृदयघात भएपछि परिवारले अस्पताल पुर्याएका थिए ।

उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको एमाले स्रोतले बताएको छ ।
यसैबीच उनको अवस्था बुझ्न शुक्रबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली अस्पताल पुगेका छन् ।