०७ असार २०८३, आइतबार

भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गरिने

कात्तिक २३, २०७७
भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गरिने
फाइल तस्बिर

आन्दोलनरत उखु किसानले आफूहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिन आग्रह गरेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गरिने बताएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेशकुमार मिश्रको अगुवाइको टोलीले मन्त्री भट्टलाई भेट गरी स्मरणपत्र बुझाइएको थियो । किसानहरुको स्मरणपत्र बुझ्दै मन्त्री भट्टले उखु किसानका सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिए ।

 छठ पर्वभन्दा अघि किसानको सम्पूर्ण रकम भुक्तानी नभए आगामी मङ्सिर २७ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा हजारौं किसानहरू भेला भई आन्दोलन गर्ने समितिको चेतावनी थियो ।

salt training

कमेन्ट गर्नुहोस्