२३ असार २०८३, मंगलबार

बाहिरबाट जित्ने कोशिस गरिए एकताविरुद्धको खेल सावित हुन्छ : शंकर पोखरेल

कात्तिक २३, २०७७
बाहिरबाट जित्ने कोशिस गरिए एकताविरुद्धको खेल सावित हुन्छ  : शंकर पोखरेल

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेसँगै सचिवालयका नेतादेखि कार्यकर्तासम्म स्पष्ट विभाजनको रेखा देखिएको छ भने एक पक्षले अर्को पक्षको कडा आलोचना गर्दै आएको छ ।
यस्तो अवस्थामा सबै पक्ष जिम्मेवार बन्दै पार्टी एकतालाई कायम राख्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा नेता शंकर पोखरेलले आग्रह गरेका छन् ।

उनले सबै एउटै डुंगामा रहेको हेक्का राख्न अनुरोध गर्दै एकले अर्काको संवेदनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकताबद्ध राख्ने सूत्र स्थायी समितिको पछिल्लो बैठकको निर्णय नै हुने उल्लेख गरेका छन् ।
‘हामी एउटै डुंगामा छौं भन्ने हेक्का राख्ने र एक अर्कोको संवेदनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकतावद्ध राख्ने शुत्र एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो बैठकका निर्णयमै निहित छ’, पोखरेलले सामाजिक सञ्जलमार्फत आइतबार भनेका छन्, ‘एकताको मर्म र भावना विपरितको खेलले कसैलाई जित्न दिँदैन ।’

उनले एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमति भन्दा बाहिरबाट जित्ने कोशिस गरिए एकता विरुद्धको खेल सावित हुने समेत तर्क गरेका छन् । उनले भनेका छन्, ‘सचिवालयका कमरेडहरू विवाद र कटुता बिर्सेर एकताको बाटोतर्फ फर्कनु होस् । आम पार्टी पंक्तिको चाहना एकतावद्ध, गतिशील र अनुशासित पार्टी नै हो ।’

उनले सचिवालयको कर्तव्य स्थायी समितिको निर्णयको कार्यान्वयन भएको भन्दै सोही अनुरुप एकता महाधिवेशनको तयारीमा जुट्न सम्बद्ध सबैलाई अनुरोध गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्