तिहार नजिकिदै गर्दा नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ ।
सोमवार छापावाल सुनको मूल्य प्रति तोला ९८ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुन प्रति तोला ५ सय रुपैयाँ वृद्धि भएको हो ।
यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, यस दिन चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८५ रुपैयाँ कायम भएको थियो ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।