०२ साउन २०८३, शनिबार

अरुणाचल प्रदेश नजिकसम्म रेलमार्ग ल्याउन चीनका राष्ट्रपतिले दिए आदेश, झस्कियो भारत

कात्तिक २४, २०७७
अरुणाचल प्रदेश नजिकसम्म रेलमार्ग ल्याउन चीनका राष्ट्रपतिले दिए आदेश, झस्कियो भारत

भारत र चीन वास्तविक नियन्त्रण रेखा नजिक आमनेसामनेको स्थितिमा रहेका बेलामा चीनका राष्ट्रपति सी चिनफिङले अधिकारीहरूले तिब्बतको लिन्झीलाई सिचुआन प्रान्तसँग जोड्ने रेलमार्ग निर्माणमा तीव्रता दिन आदेश दिएका छन् । 
 

लिन्झी भारतको अरुणाचल प्रदेश सीमा नजिक पर्छ । 

चीनको सरकारी सञ्चारमाध्यममा छापिएको खबरअनुसार, तिब्बतमा चिङघाई–तिब्बत रेलमार्ग परियोजनापछिको यो दोस्रो प्रोजेक्ट हो । यो चिङघाई–तिब्बत पठारको दक्षिणपूर्व हुँदै जान्छ । 
 

सिचुआन प्रान्तको छङ्दुबाट शुरू भएको रेलमार्ग यान र कामदो हुँदै तिब्बत प्रवेश गर्छ । यसले छङ्दुदेखि ल्हासासम्मको दूरी १३ घन्टाभन्दा कममा झार्छ । 

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सका अनुसार, यान–लिन्झी मार्ग १ हजार ११ किलोमिटर लामो छ । यसका २६ वटा स्टेसन हुनेछन् । 

यस मार्गमा ट्रेनहरू १२० देखि २०० किलोमिटर प्रतिघन्टाको गतिमा दौडिन्छन् । 

सिचुआन–तिब्बत रेल परियोजनाको खर्च ४७.८ अर्ब डलर छ ।

यस परियोजनाको आरम्भ गर्नुअघि सीले भिडियो कन्फरेन्स गरेर नयाँ युगमा तिब्बतको प्रशासन सञ्चालनमा कम्युनिस्ट पार्टीको योजनाको यो महत्त्वपूर्ण हिस्सा भएको बताए । यस परियोजनाले राष्ट्रिय एकताको संरक्षण, जातीय एक्यबद्धताको प्रवर्द्धन र सीमाक्षेत्रमा स्थिरता बलियो बनाउने काम गर्ने उनको भनाइ छ । 

रेलमार्ग बनेपछि अरुणाचल प्रदेशमा चिनियाँ गतिविधि बढ्ने आशंकाले भारत चिन्तित बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्