२४ असार २०८३, बुधबार

बाइडन प्रशासनले अमेरिकालाई अन्य देशको युद्धमा फसाउन सक्ने युरोपेली विज्ञको आशंका

कात्तिक २४, २०७७
बाइडन प्रशासनले अमेरिकालाई अन्य देशको युद्धमा फसाउन सक्ने युरोपेली विज्ञको आशंका

जो बाइडनको नेतृत्वमा अमेरिकाले देशबाहिरका युद्धमा होमिने पुरानो नीति फर्काउन सक्ने सम्भावना रहेको युरोपेदी बहुराष्ट्रिय संगठन ओएससीईका पूर्व उपाध्यक्ष विल्ली विम्मरले चेतावनी दिएका छन् । 

आफ्नो देशले अन्य देशमा गएर युद्ध शुरू गरेको अनि अर्थतन्त्र कमजोर बनेकोमा दिक्क मानेका अमेरिकीहरूले डोनल्ड ट्रम्पलाई चार वर्षअघि भोट दिएको उनले बताए । 

ट्रम्पले कुनै पनि युद्ध शुरू नगर्ने भनी जनतालाई गरेको वाचा पूरा गरेको तर डेमोक्रेटिक पार्टी ह्वाइट हाउसमा आउँदा त्यसलाई उल्टाउन सक्ने अर्गनाइजेसन फर सेक्युरिटी यान्ड कोअपरेसन इन युरोपका पूर्व उपाध्यक्ष विम्मरको भनाइ छ । 
 

बाइडन दूधले नुहाएका व्यक्ति हैनन् । सन् १९९० को दशकमा संयुक्त राष्ट्रसंघको बडापत्रको धज्जी उडाउने डेमोक्रेटिक पार्टीका उनी हर्ताकर्ता हुन् । 

जर्मनीका वरिष्ठ राजनीतिकर्मी (रक्षा राज्यमन्त्री रहिसकेका) विम्मरले सन् १९९९ मा डेमोक्रेटिक पार्टीका राष्ट्रपति बिल क्लिन्टनले युगोस्लाभियामा बम वर्षा गर्ने नेटोको नेतृत्व गरेको सम्झना गरेका छन् । अनि बाराक ओबामाले ड्रोन युद्ध तथा पश्चिम एसिया र लिबियामा गराएको युद्धमा बाइडनको पनि हात रहेकाले त्यसलाई निरन्तरता दिन सक्ने विम्मर बताउँछन् । 

सन् २०१६ भन्दा अगाडिको स्थितिमा फर्कनु भनेको अमेरिका युद्धमा जानु हो, विम्मरले तर्क गरे । 

ट्रम्पको शासनकालमा वाशिङटन र ब्रसेल्सबीचको सम्बन्ध बिग्रेको थियो किनकि उनले युरोपेली मुलुकहरूलाई नेटोको खर्चमा थप योगदान गर्न भनेका थिए । अनि रुस र चीनसँग व्यापार सम्झौता गर्न नदिनका लागि उनले युरोपलाई राजनीतिक र आर्थिक दबाब दिएका थिए । 
 

बाइडनको नेतृत्वमा अमेरिकाले युरोपसँगको सम्बन्ध सुधार्ने सम्भावना खासै नरहेको किनकि त्यसका लागि अमेरिका र नेटोले संयुक्त राष्ट्रसंघको बडापत्रको पालन गर्नुपर्ने विम्मरले बताए । 

तर कोरोनाभाइरसका कारण अस्तव्यस्त भएको अमेरिकी अर्थतन्त्रले बाइडनलाई आक्रामक नीति अपनाउन शायद नदिने उनको अनुमान छ । 

salt training

कमेन्ट गर्नुहोस्