०९ साउन २०८३, शनिबार

बाइडनको विजयले सम्बन्ध सुधारप्रति आशावादी हुन सकिने चीनको सरकारी सञ्चारमाध्यमको भनाइ

कात्तिक २४, २०७७
बाइडनको विजयले सम्बन्ध सुधारप्रति आशावादी हुन सकिने चीनको सरकारी सञ्चारमाध्यमको भनाइ

चीनको सरकारी सञ्चारमाध्यमले सोमवार प्रकाशन गरेका सम्पादकीयहरू अमेरिकाको राष्ट्रपति निर्वाचनमा जो बाइडनको विजयपछि आशावादी देखिएका छन् । 

दुई देशबीचको सम्बन्धमा पूर्वानुमान गर्न सकिने स्थिति आउने र व्यापारका विषयमा कुरा थालिने आशा तिनले गरेका छन् । 

अमेरिकाले सिनजियाङ र हङकङका विषयमा चीनमाथिको दबाब खुकुलो बनाउने सम्भावना नरहेको भनी स्वीकार गरे पनि ग्लोबल टाइम्सले बाइडन टोलीसँग संवाद गर्न बेइजिङलाई सुझाव दिएको छ । 

ट्रम्प प्रशासनले चीन–अमेरिका सम्बन्धमा जानाजान तनाव पैदा गरेको र चीनलाई दबाब दिने अभियान चलाएपछि दुई देशको सम्बन्धमा दरार आएको भनी लेख्यो । 

चाइना डेली पत्रिकाले सम्पादकीय लेख्दै चीनसँगको सम्बन्ध सुधार व्यापारबाट शुरू गर्न सकिने अनि व्यापार वार्तालाई पुनरुत्थान गरेर दुई देशबीचको सम्बन्धमा समझदारी र विश्वास पुनः ल्याउन सकिने लेख्यो । 

संसारका दुई ठूला अर्थतन्त्रबीचको तनाव विगत एक वर्षमा चर्केको छ । यसले प्रविधिको क्षेत्रमा आपूर्ति शृंखलालाई अनि व्यापार सम्बन्धलाई हल्लाइदिएको छ । दुई देशबीच वित्तीय युद्ध हुन सक्ने आशंकालाई यसले प्रबल बनाएको छ । 

अमेरिकी दबाबका साथै कोरोना महामारीका कारण चीन आर्थिक विकासका लागि विदेशी बजार र प्रविधिमाथिको निर्भरता घटाउने मिसनमा लागेको छ । अर्थतन्त्रलाई अघि बढाउन उसले वृद्धिको नयाँ मोडल अपनाउन थालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्