०८ असार २०८३, सोमबार

निर्वाचनका दिन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित

कात्तिक २०, २०७४
निर्वाचनका दिन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित
काठमाडौँ, २९ वैशाख - निर्वाचनको दिन वैशाख ३१ गते उपत्यकामा सवारीसाधन नचले पनि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित हुने भएको छ ।tribhuvan-airport-nepal-830x467

निर्वाचनको दिन विमानस्थलका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सेवालाई नियमित बनाउन आवश्यक व्यवस्था गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

उनका अनुसार वैशाख ३१ गते यात्रुलाई विमानस्थलदेखि गन्तव्यसम्म आवतजावतलाई सहज बनाउन पर्यटक बस र साझा यातायातलाई सेवा सञ्चालनका लागि आग्रह गरिएको छ ।

विमानस्थलमा चल्ने ट्याक्सीले निर्वाचन आयोगबाट कम पास पाएकाले नचलाउने निर्णय गरेकाले थप यातायातको व्यवस्था गरिएको विमानस्थलले जनाएको छ । हाल विमानस्थलमा २०८ भाडाका ट्याक्सी गुड्ने गरेकामा ३५ वटाले मात्र ‘पर्मिट’ पाएका छन् । थोरैले चलाउने हुँदा आपसमा झगडा हुने भएकाले सबै ट्याक्सी नचलाउने निर्णय भएको बताइएको छ ।

विमानस्थलले आफ्ना तीनवटै ‘सिफ्ट’का कर्मचारीलाई आवतजावतका लागि पाँच वटा सवारीसाधनको व्यवस्था गरिएको प्रवक्ता ठाकुरले बताए ।

त्रिअविमा अहिले अन्तर्राष्ट्रियतर्फ ९० र आन्तरिकतर्फ ३०० बढी दैनिक उडान हुँदै आएको छ । अन्तर्राष्ट्रियमा २८ र आन्तरिकतर्फ (हेलिकप्टरसहित) २० वायुसेवा कम्पनीले दैनिक उडान भर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्