३१ जेठ २०८३, आइतबार

तिहारमा देउसीभैलो खेल्न निषेध

कात्तिक २४, २०७७
तिहारमा देउसीभैलो खेल्न निषेध
फाइल फोटो

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आसन्न तिहारमा देउसीभैलो खेल्न निषेध गरेको छ ।

कार्यालयका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जरुरी सूचना जारी गर्दै ‘देउसीभैलो जस्ता कार्यक्रमहरूको आयोजना नगर्नु, नगराउनु एवं भीडभाडजन्य गतिविधिहरू नगर्नु हुन’ जानकारी गराएका छन् ।

चाडपर्वहरू मनाउँदा आफू रहेकै स्थानमा आफ्ना घरपरिवारका सदस्यसँग मात्र सीमित रही मनाउन समेत सूचनामा जानकारी गराइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्