
नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
विद्युत् प्राधिकरणकै इन्जिनियरिङ कम्पनीमा कार्यरत शाक्यलाई प्राधिकरणमा काज फिर्ता बोलाएर निमित्त प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
शाक्यले आजै कार्यभार सम्हालेका छन् ।
यसअघि निमित्त कार्यकारी निर्देशकको रुपमा लेखनाथ कोइरालालाई मन्त्रालयले नियुक्त गरेको थियो ।