
राष्ट्रपति विद्यादेवी भण्डारीले महात्मा गान्धीबारे लेखिएको संग्रह ‘मैले बुझेको गान्धी’को सोमवार विमोचन गरेकी छन् ।
नेपालस्थित भारतीय दूतावासले प्रकाशन गरेको विशेष संग्रहमा नेपालका उच्च प्रतिष्ठित व्यक्तिहरूले गान्धीबारे लेखेका छन् ।
राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो संग्रह राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेका थिए ।
‘संग्रहमा नेपालका उच्च प्रतिष्ठित व्यक्तिहरूले गान्धीजीको बारेमा नेपाली दृष्टिकोण झल्काउँदै योगदान गरेका छन्,’ नेपालस्थित भारतीय दूतावासले ट्वीटमार्फत भनेको छ ।