२४ जेठ २०८३, आइतबार

बैबाहिक समारोह आयोजनाका लागि पाकिस्तानमा नयाँ मापदण्ड बनाइयो

कात्तिक २४, २०७७
बैबाहिक समारोह आयोजनाका लागि पाकिस्तानमा नयाँ मापदण्ड बनाइयो

पाकिस्तानमा बैबाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ ।

कोरोनाभाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि सरकारले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो ।

सङ्क्रमित र मृतकको संख्या दोस्रो चरणमा बढ्दै गएपछि महामारी न्युनिकरण गर्न नेश्नल कमाण्ड एण्ड अप्रेसन सेन्टरले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको छ ।

नयाँ निर्देशिका अनुसार बैबाहिक समारोहमा सहभागी अतिथिहरुले कम्तीमा छ फिट दुरी कायम गर्नुपर्ने, बैबाहिक कार्यक्रम दुई घण्टामा सम्पन्न गर्नुपर्ने र राती १० बजेभन्दा अगाडि नै गरिसक्नु पर्ने भएको छ ।

सवै सहभागीलाई मास्क प्रयोग अनिवार्य गरिएको छ भने बैबाहिक कार्यक्रम गर्ने ठाउँमा सामाजिक दुरी कायम गरेर बस्न मिल्ने व्यवस्था भएको सुनिश्चित गर्नुपर्नेछ ।

बैबाहिक समारोहमा सहभागी हुने सवैको ज्वरो परिक्षण गर्नुपर्ने, भोजनका बेला आफै झिक्ने व्यवस्था गर्न नपाईने, वितरण गर्ने छुट्टै व्यवस्था हुनुपर्नेलगायतका नियमहरु पनि निर्देशिकामा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्