०८ असार २०८३, सोमबार

के फ्लप भएको हो अक्षयकुमारको 'लक्ष्मी' ?

कात्तिक २५, २०७७
के फ्लप भएको हो अक्षयकुमारको 'लक्ष्मी' ?

एकपछि अर्को हिट चलचित्र दिएका बलिउडका प्रभावशाली अभिनेता अक्षय कुमारको नयाँ चलचित्र लक्ष्मी सोमवार सार्वजनिक भयो ।

ओटीटी प्लेटफर्ममार्फत सार्वजनिक भएको यो चलचित्र निकै प्रतीक्षित थियो । यसका गीत, पोस्टर, ट्रेलर लगायतका सामग्रीले दर्शकलाई निकै उत्सुक बनाएको थियो ।

अक्षय कुमार र कियfरा आडवाणीको अभिनय रहेको यो चलचित्र सार्वजनिक भएपछि भने यसले अनपेक्षित रुपमा प्रतिक्रिया पाइरहेको छ ।

खासमा यो चलचित्र साउथको ‘कञ्चना’को रिमेकको रुपमा निर्माण गरिएको थियो । तर, चलचित्र सार्वजनिक भइसकेपछि दर्शक तथा समीक्षकहरुले भने खासै राम्रो प्रतिक्रिया दिएका छैनन् ।

बलिउडमा खरो रुपमा समीक्षा गर्ने तरण आदर्शले यो चलचित्रलाई खराब चलचित्रको संज्ञा दिएका छन् । तर, तरणले अक्षयले निकै मिहेनत गरेको भने बताए ।

ट्विटर, फेसबूक लगायतका सामाजिक संजालमा यो चलचित्रको दर्शकले आ आफ्नै किसिमको प्रतिक्रिया दिएका छन् । तर, सामाजिक संजालहरूमा आएका दर्शकको प्रतिक्रिया राम्राभन्दा पनि धेरै नराम्रा छन् ।

salt training

कमेन्ट गर्नुहोस्