बिहार विधानसभा निर्वाचनमा अहिले मतगणना चलिरहेको छ ।
मतपरिणामको रुझान आउँदै गर्दा सत्तारूढ एनडीए गठबन्धनले अग्रता लिइरहेको छ ।
बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादव चुनाव परिणाम जान्नका लागि टीभीअगाडि बसिरहेका थिए तर आफ्नो दल आरजेडी पछि परेको खबर आउन थालेपछि टीभी बन्द गरेर घाम ताप्न कोठाबाहिर निस्केका छन् ।
चारा घोटालामा कारावास सजाय भोगिरहेका लालु कारागारकक्षबाट निस्केर जेलको बगैंचामा घाम तापिरहेका छन् ।
निर्वाचन आयोगको रुझानमा भारतीय जनता पार्टीले आरजेडीलाई पछि पारेको छ । भाजपा ६२ सीटमा अगाडि छ भने आरजेडी ६० मा अगाडि छ ।