भारतका ११ राज्यका ५८ वटा विधानसभा क्षेत्रमा भएका उपनिर्वाचनको मतगणना भइरहेको छ ।
मध्य प्रदेशका २८ वटा विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा शिवराज सिंह चौहान नेतृत्वको भाजपाले १४ सीटमा अग्रता लिइरहेको छ भने कांग्रेस ५ सीटमा अगाडि छ ।
उत्तर प्रदेशमा सात अनि गुजरातमा आठ विधानसभा क्षेत्रमा उपचुनाव भएको थियो । दुवैमा भाजपाको अग्रता छ ।
त्यस्तै कर्नाटक, झारखण्ड, उडिसा, नागाल्यान्डमा दुई सीट अनि तेलंगाना, छत्तीसगढ र हरियाणामा एक सीटका लागि उपचुनाव भएका हुन् । मणिपुरका चार सीटमा भएको उपचुनावको मतगणना पनि आजै भइरहेको छ ।