११ असार २०८३, बिहीबार

नगद र गरगहना लुटेर भाग्ने व्यक्तिलाई १२ वर्ष जेल

कात्तिक २५, २०७७
नगद र गरगहना लुटेर भाग्ने व्यक्तिलाई १२ वर्ष जेल

बाटो हिँडिरहेकी १ महिलाको नगद र गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ १२ वर्षको लागि जेल चलान भएका छन् ।

अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएसँगै उनी कारागार चलान भएका हुन् ।

तामाङले २०७३ भदौ २७ गते साँझ नुवाकोटको लिखु गाउँपालिका–३ सूर्यमतीका निर्मला राईको नगद १ लाख र उनले लगाएको करीब ५ लाख मूल्य बराबरको गरगहना चोरी गरेको अभियोगमा जिल्ला अदालत नुवाकोटले दोषी ठहर गरेको थियो । जिल्ला अदालतले २०७३ फागुन ३ गते सुनाएको फैसलाअनुसार तामाङलाई ‘रहजनी चोरी’ मुद्दामा दोषी ठहर गर्दै १२ वर्ष २ महिना जेल र १ लाख २२ हजार १६० जरिवाना तोकिएको थियो ।

अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका उनलाई विशेष सुराकीको आधारमा नुवाकोट प्रहरीले काठमाडौंबाट पक्राउ गरेर फैसला कार्यान्वयनको लागि सोमवार नुवाकोट जिल्ला अदालतमा बुझाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्