१७ असार २०८३, बुधबार

नेकपा सचिवालयका ५ सदस्यको बैठक धुम्बाराहीमा

कात्तिक २५, २०७७
नेकपा सचिवालयका ५ सदस्यको बैठक धुम्बाराहीमा

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका ५ सदस्यको बैठक शुरू भएको छ । 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपराह्न ४ बजेदेखि बैठक शुरू भएको हो । नेकपा सचिवालयका ९ मध्ये ५ जना सदस्य बैठकमा सहभागी भएका छन् । 

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा उपस्थित छन् । 

धुम्बाराहीमा भेला हुनुअघि प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका थिए । 

सचिवालयका बहुमत सदस्यको बैठक शुक्रवार पनि बसेका थियो । 

शुक्रवारको अनौपचारिक बैठकबाट उनीहरूले सचिवालय बैठक बोलाउन ओलीसँग लिखित आग्रह गर्ने निर्णय गरेका थिए । 

सचिवालयका ५ सदस्यले शनिवार ओलीसँग सचिवालय बैठक बोलाउन आग्रह गरेपनि ओली सहमत भएका थिएनन् ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको समयमा यो भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ । बैठकमा प्रचण्डले दिउँसो ओलीसँगको भेटवार्ताबारे नेताहरूलाई ब्रिफिङ गर्ने एक नेताले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्