अमेरिकाले नेपाली सेनालाई सहयोग स्वरुप र्याफ्ट बोट ६ वटा र मिस्ट्रल र्याफ्ट ४ वटा उपलव्ध गराएको छ । अमेरिकाका सैनिक सहचारी LTC John Matt Sova र ODC Chief Maj. Michael P. White ले गौचर स्थित व्यारेकमा आयोजित एक कार्यक्रममा नेपाली सेनाका महासेनानी राजेन्द्र मणि गिरीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उक्त सामग्रीहरु बाढी/डुबान जस्ता जल उत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ ।