
अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनले राष्ट्रपति निर्वाचनमा राष्ट्रपति निर्वाचनले हार स्वीकार नगर्नु लज्जास्पद भएको बताएका छन् ।
तर ‘सत्तापरिवर्तन’ लाई कसैले पनि रोक्न नसक्ने उनले जोड दिएर भने ।
यसैबीच डोनल्ड ट्रम्पले फेरि ट्वीट गर्दै ‘अन्तिम मेरै जीत हुन्छ’ भने ।
मतदानमा धाँधली गरिएको भन्दै उनले ‘हामी जित्छौं’ लेखे ।
अघिल्लो साता भएको चुनावमा जो बाइडन विजयी भएको भनी मिडियाले घोषणा गरिसकेको छ ।
अमेरिकामा अहिलेसम्म कुनै पनि राज्यले अन्तिम परिणाम घोषणा गरिसकेको छैन ।
अहिले पनि केही ठाउँमा मतगणना चलिरहेको छ । अमेरिकी इलेक्टोरल कलेजको बैठक डिसेम्बर १४ मा बस्छ र मतपरिणाममा अन्तिम निर्णय दिन्छ ।
मंगलवार एक पत्रकारले बाइडनलाई सोधे, ‘राष्ट्रपति ट्रम्पले हार स्वीकार नगर्नुलाई के भन्नुहुन्छ ?’
जवाफमा बाइडनले भने, ‘साँच्चै भन्नुपर्दा यो लज्जास्पद छ ।’
उनले भने, ‘यसले राष्ट्रपति पदको विरासतलाई सहायता गर्दैन भन्ने कुरा निश्चित छ ।’
‘जनवरी २० सम्ममा यस प्रकरणको अन्त्य हुनेछ ।’
उक्त मितिमा बाइडनले पदको शपथ लिनेछन् ।
यसबीच बाइडनले सत्ता लिने विषयमा तयारी गरिरहेका छन् र विदेशी नेताहरूसँग फोनमा सम्पर्क पनि जारी छ ।