२३ जेठ २०८३, शनिबार

भारतमा कोरोना संक्रमण घट्दो

कात्तिक २६, २०७७
भारतमा कोरोना संक्रमण घट्दो

भारतमा कोरोना भाइरसबाट सक्रिय संक्रमित अवस्थामा रहेकाहरूको संख्या पछिल्लो ३ महिनाकै सबैभन्दा कम भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार गत १०६ दिनयताको सबैभन्दा कम भएको हो ।

यसबीच ५ लाखभन्दा धैरै मानिस सक्रिय संक्रमित अवस्थामा रहने गरेकोमा अहिले ५ लाखभन्दा कम भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले पनि संक्रमित अवस्थामै रहेकाको संख्या ४ लाख ९४ हजार ६५७ रहेको छ । 

‘संक्रमित अवस्थामै रहेकाहरूको संख्या अहिले घट्दै जानु सुखद कुरा हो, भारतमा दैनिक संक्रमितको संख्यामा पनि कमी आएको छ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ । 

भारतमा पछिल्लो २४ घण्टामा संक्रमित भएकाको संख्या ४४ हजार २८१ रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । 

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ८६ लाख ३६ हजार १२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकै कारणले कम्तीमा ५१२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कूल मृतकको संख्या १ लाख २७ हजार ५७१ पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्