२५ जेठ २०८३, सोमबार

अस्पतालमा बिरामी बढेपछि रगतको अभाव

कात्तिक २६, २०७७
अस्पतालमा बिरामी बढेपछि रगतको अभाव
प्रतिकात्मक तस्वीर

चितवनका अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ ।

योजनाबद्ध रूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो ।

क्षेत्रीय रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले मागअनुसार रगत पुर्‍याउन नसकिएको बताए । केन्द्रमा दैनिक १०० युनिट रगतको माग भइरहेको भए पनि ४० युनिट पुरा गर्नसमेत कठिन भएको उनको भनाइ छ ।

कोरोना कहरका कारण रक्तदान नहुनु, रक्तदाता केन्द्रमा आएर रक्तदान गर्न डराउनु, खेतीपातीको समय हुनु लगायतका कारणले रगतको अभाव भएको उनले जानकारी दिए ।

जिल्लामा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दैनिक ३० युनिट रगतको माग हुने गरेको उनको भनाइ छ । यहाँका २ ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीको चाप बढेसँगै रगतको माग बढ्न थालेको हो । 

चितवनको क्यान्सर अस्पतालमा देशका विभिन्न स्थानसँगै छिमेकी देशबाट उपचारका लागि आउने गर्दछन् भने अन्य अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । 

salt training

कमेन्ट गर्नुहोस्